कात्तिक २८ ।डोल्पा, चिसोको कारण माथिल्लो डोल्पामा रहेका छार्का, तिन्जे, साल्दाङ, भिजेर, फोक्सुन्डो, मुकोटलगायतका गाविसस्थित ३१ वटाभन्दा बढी विद्यालय बन्द भएका छन् ।
त्यसमा एउटा माध्यमिक, एउटा निम्नमाध्यमिक र २९ वटा प्राथमिक विद्यालय रहेका छन् ।
समुद्री सतहदेखि चार हजारदेखि चार हजार पाँचसय मिटरसम्म उचाइमा पर्ने यी गाविसमा चिसो बढ्दै गएकाले सदाझै यस वर्ष पनि माथिल्लो डोल्पाका सबै विद्यालय बन्द गरिएको तापरिजा माध्यमिक विद्यालय फोक्सुन्डोका शिक्षक तिलक बटलाले बताउनुभएको छ ।
कात्तिक महिनाको सुरुवातसँगै उपल्लो डोल्पामा चिसो बढेर बस्न नसकिने भएकाले कात्तिकदेखि नै चैतसम्मका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभएको छ ।
कात्तिक महिना लागेलगत्तै हिमपात भई अत्यधिक चिसो बढ्ने भएकाले यो अवधिमा माथिल्लो डोल्पाका सर्वसाधारण जनता पनि त्रिपुराकोट, पहाडा, लिकु, रहलगायतका बेसीमा पर्ने गाविसमा झर्ने गर्दछन् ।








