सिरहाका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

कात्तिक १८ । सिरहाका तीनजना अगुवा किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन ।

चौँतिसौँ खाद्य दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय सिरहाले तरकारीखेतीतर्फ सिरहा माडरका किसान गौरीशंकर महतो, आँपखेतीतर्फ सिरहा धनगढीका किसान कुसुम मोक्तान र उखुखेती तथा बीउ उत्पादनतर्फ सिरहा गौरीपुरका किसान शिवशंकर यादवलाई नगदसहित पुरस्कृत गरेको हो ।

नेपाली काँग्रेसका सभासद् सीतादेवी यादव तथा सिरहाका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले संयुक्त रुपमा तीनै जनालाई नगद जनही रु १० हजार र प्रमाणपत्र वितरण गर्नुभयो ।

तरकारी, आँप, उखुलगायत खेती गरेर आर्थिक विकासको क्षेत्रमा टेवा पुर्याएबापत तीनै जनालाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले जानकारी दिनुभयो ।

यस्तै खाद्य दिवसकै अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध प्रतियोगिताका विजयी छात्रछात्रालाई नगद र प्रमाणपत्रसमेत वितरण गरियो ।

जिल्ला कृषि विकास कार्यालय र जिल्ला कृषक समूह महासङ्घ सिरहाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सभासद् यादवले कृषि क्षेत्रमा सरकारले विशेष ध्यान पु¥याउन सकेमात्र मुलुक समृद्ध हुन सक्ने बताउनुभयो ।

उहाँले देशको आर्थिक अवस्थालाई बलियो बनाउन कृषि क्षेत्रमा जोड दिनुपर्ने भन्दै परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याउनु जरुरी छ भन्नुभयो  ।

सम्बन्धित शिर्षकहरु