आइसीसी वर्ल्ड क्रिकेटमा नेपालले सिंगापुरलार्इ हरायो

कात्तिक ९ । क्वालालम्पुर, आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको खेलमा नेपालले सिंगापुरलार्इ १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियामा जारी खेलमा आज भएको यो जितसँगै डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि होडमा फर्कीएको छ ।

उपाधी रक्षाको लक्ष्यसहित मलेसिया आएको नेपाल पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा बर्मुडालार्इ ८ विकेटले पराजित गरेको नेपालले आइतबार सिंगापुरलार्इ १९० रनकाे भारी अन्तरले हराएको छ ।

वायुमास अोभल मैदानमा टस हारेर ब्याटिङ्को निम्तो पाई प्रारम्भिक ब्याटिङ् गरेको नेपालले पुरै ओभर खेल्दा नौ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो ।

२ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर मात्र २१ अोभर ४ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका चेतन सूर्यबंशीले मात्र १५ रन जोडे भने क्षितिज सिन्देले १३, साद जान्जुवाले ११ रन तथा अभिराज सिंहले अविजित १२ रनको योगदान दिए ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले चार-चार विकेट लिए भने अमृत भटरार्इले दुर्इ विकेट लिए ।

 

सम्बन्धित शिर्षकहरु