अज्ञात समूहद्वारा ताप्लेजुङको जि.प्र.का. नजिक बम विस्फोट

कात्तिक १७ । ताप्लेजुङ,अज्ञात समूहले ताप्लेजुङको जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट गराएको छ ।

गएराति करिब १० बजे कार्यालयको उत्तर पटि्टको गेट नजिकै कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी मेघराज कँडेलले जानकारी दिए ।

विस्फोट भएको स्थानबाट केहि मिटर तारसमेत बरामत गरिएको छ भने विस्फोटले कुनै क्षति भने भएको छैन् ।

संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु