
हेटौंडा । प्रदेश नम्बर ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । हेटौँडास्थित प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता गर्नेमा उनी बाहेक अरुको उम्मेदवारी नपरेपछि तामाङ निर्विरोध निर्वाचित भएकी हुन् ।
एमाले संसदीय दलका नेता डोरमणि पौडेलको प्रस्ताव र माओवादीकी उपनेता कुमारी मोक्तानको समर्थनमा उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी थिईन् । नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री पनि हुन् ।








