बोक्सीको अारोपमा हँसियाले कपाल मुन्डन

कात्तिक १५ । नुवाकोट, बोक्सीको आरोपमा नुवाकोटको बेतिनीमा एक महिलाको कपाल मुन्डन गरिएको छ ।

बेतिनी ५ की एक महिलालाई स्थानीयले बोक्सीको आरोप लगाई कपाल मुन्डन गर्नुको साथै कुटपिट तथा दुरर्व्यवहार गरेका हुन् ।

महिलालाई दुब्र्यबहार गरेको आरेपमा प्रहरीले सुनीमाया तामाङ र मनमाया तामाङलाई पक्राउ गरेको छ ।

९ कात्तिक साँझ पाँच बजे स्थानीय महिलाले बोक्सी भएको अारोप लगाउँदै पीडित महिलाको कपाल हँसियाले काटेका थिए ।

उनीहरुले ती महिलालाई हसियाले कपाल काटिदिएका थिए भने मलमुत्र खुवाउने प्रयास गरेका थिए (नयाँ पत्रिकाबाट साभार)

सम्बन्धित शिर्षकहरु