गोल सेलिब्रेसनकै कारण काभानीले मैदान छोडे

कात्तिक १ । काठमाडौं, गोल सेलिब्रेसनकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर इडिन्सन काभानीले मैदान छाड्नु परेको छ ।

फ्रान्सको लिग वान फुटबलमा शुक्रबार राति पीएसजीले आरसी लेन्सलाई ३–० ले पराजित गरेको छ । तर, खेलमा तीन खेलाडीले रातो कार्ड पाए ।

लेन्सले डिफेण्डिङ च्याम्पियनविरुद्ध २० औं मिनेटमा अग्रता लिए पनि जोगाउन सकेन ।

२८ औं मिनेटमा योहान कबायेले बराबरी गोल गरे भने ३३ औं मिनेटमा म्याक्सवेलले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए ।

५३ औं मिनेटमा काभानीलाई फल गरेपछि पीएजसीले पेनाल्टी पायो । जसमा काभानीले सहज गोल गर्दै अग्रता ३–१ मा पुर्याए ।

खेलपछि उनले बन्दुक तोकेको शैलीमा हातले इशारा गर्दै गोलको खुसी मनाए । तर, खेलमा यसअघि एउटा पहिलो कार्ड पाइसकेका उनले अर्को पहेँलो कार्डसँगै रातो कार्ड पाए र मैदान छाड्नु पर्यो ।

खेलको ५९ औं मिनेटमा जेरोमीले दोहोरो पहेँलोसँगै रातो कार्ड पाएपछि लेन्स ९ खेलाडीमा सिमित भएको थियो ।

पीएसजीका स्ट्राइकर जाल्टन इभ्राहिमोभिच तथा सेन्टर ब्याक थिएगो सिल्भा तथा डेभिड जुइज विना नै मैदान उत्रिएको थियो ।

सम्बन्धित शिर्षकहरु