कोरिया जान परिक्षा दिएका ९४ प्रतिशत फेल

असोज ३० । काठमाडौ,रोजगारीका लागि कोरिया जान कोरियाली भाषा परीक्षा दिएका ५८ हजार नौ सय ११ जना मध्ये ९४ प्रतिशत फेल भएका छन् ।

त्यसमध्ये ५५ हजार दुई सय दुई सय ४८ जना फेल भए भने तीन हजार ६ सय ६३ जना उत्तीर्ण भए ।

उत्तीर्ण संख्या कुल परीक्षार्थीको ६.२ प्रतिशत मात्र हो ।

ईपीएस कोरिया शाखाले यस वर्ष अनुमान गरिएभन्दा निकै कममात्र परीक्षार्थी पास भएको जानकारी दिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

गत वर्ष आठ हजार ५१ जना परीक्षार्थी पास भएका थिए । तर अहिलेसम्म पास भएका सवैले जाने अवसर पाएका छैनन् । यसपटक विगतका सवै भाषा परीक्षाको तुलनामा परीक्षार्थीबीच चर्को प्रतिष्पर्धा देखिएको थियो । रोजगारीका लागि दक्षिण कोरिया जान अनिवार्यरुपमा कोरियाली भाषा परीक्षा पास गर्नुपर्छ ।

उत्पादनमूलक तर्फ न्युनतम ८० प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण भएका छन् ।

यसगरी कृषिक्षेत्रमा काम गर्नको लागि परीक्षा दिएका ७८ प्रतिशत ल्याउने पास भएका छन् । उत्पादनमुलक तर्फ दुई हजार ७ सय ६८ जना र कृषिमा जम्मा आठ सय ९५ जना मापस भएका छन् । पास भएकाको मंसिर महिनाभित्र स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम सम्पन्न गरिसक्ने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
२०१५ जनवरीदेखि कामदार जाने क्रम सुरु हुनेछ ।

सम्बन्धित शिर्षकहरु