असोज ३० । चीनमा एक व्यक्तिलाई आफ्नो कार्यालयका हाकिम विरुद्ध भ्रष्टाचारको विषय सार्वजनिक गरेको आरोपमा जेल सजाय भएको छ ।
उनको नाम शेंग शिंगुयान हो, जो चीनको हेनान प्रान्त निवासी हुन् ।
शिंगुयान हेनानमा परिवार नियोजन विभागमा काम गर्दथे, जहाँ उनले आफ्नो बरिष्ठ अधिकारीलाई उनले सरकारी सम्पत्ति चोर्दै गर्दा पक्राउ गरेका थिए ।
बरिष्ठ अधिकारीलाई यो मुद्दामा सामान्य जरिवाना गरिएको थियो । तर, शिंगुयानलाई दुई वर्षको साजय दिइएको छ।
शेंगुगान भन्छन्–मेरा सहयोगीहरुले मसँग बदला लिएका हुन् । उनलाई सामाजिक व्यवस्था बिगारेको आरोपमा दोषी ठहर गरिएको छ।
शिंगुयानले यो फैसलाविरुद्ध माथिल्लो अदालतमा दिएको निवेदनमा मुद्दामाथि समीक्षा गर्दै उनलाई रिहा गरिएको छ।
शिंगुयान भन्छन्–भ्रष्टाचार उजागर गर्नका लागि यहाँ मलाई जसरी नै अरुले पनि सजाय पाउने गरेका छन् । एजेन्सी








