विश्व हात धुने दिवस मनाइँदै

असोज २९ ।काठमाडौ,”हात धोऔं, रोगबाट बचौ” भन्ने नाराका साथ आजदेखि दश दिनसम्म विभिन्न कार्यक्रम विश्व हात धुने दिवस मनाइँदैछ ।

दिवसको अवसरमा देशभरि विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।

सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

साबुन पानीले मिचीमिची हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता

रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने चिकित्सकहरु बताउछन् ।
दिवस अन्तर्गत देशभरका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्र्मी, बिरामीसहित अन्य व्यक्तिहरुले १० दिनसम्म हात धोएर मात्र आ–आफ्नो कार्य सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षकहरु