असोज २६ ।नयाँ दिल्ली,भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा आज चक्रवाती आँधी आउन सक्ने आशंकामा उच्च सतर्कता अपनाईएको छ ।
आज दिउँसो हुदहुद नामक आँधी आउन सक्ने आशंकामा त्यहाँको बस्तीमा सुरक्षा सतर्कता उच्च पारीएको अधिकारीहरुले जनाएका छन् ।
भारतको मौसम बिभागले करिब २ सय किलोमिटर प्रतिघण्टाको गतीमा आँधी आउन सक्ने अनुमान गरेको छ ।
आँधीसँगै तिब्र गतिमा हावा चल्ने खतरा मौसम बिभागले औल्याएको छ ।
आँधी प्रभावित क्षेत्रका लाखौं मानिसलाई अन्यत्र सारिएको छ ।
बंगालको खाडीबाट आउने आशंका गरिएको आँधीले आन्ध्र प्रदेश र ओडिसालाई क्षेती पुर्याउने मौसम बिज्ञहरुले अनुमान गरेका छन् ।








