असोज १९ ।अर्घाखाँची,अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १० किमडाँडा खालमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।
किमडाँडाको खाल निवासी रामबहादुर रानाले सामान्य आपसी विवादमा आज बिहान ५ बजे घरमै कोदालोले हानेर १७ वर्षीय भाइ खिमबहादुर रानाको हत्या गरेका हुन् ।
कोदालोले हानेर भाइको घटनास्थलमै मृत्यु भएपछि दाजु फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।








