विश्व शिक्षक दिवस नेपालमा पनि मनाइँदै

असोज । १९ काठमाडौ,आज विश्व शिक्षक दिवस नेपाल लगायत विश्वभर यो दिवस मनाइँदैछ ।

“शिक्षकमा लगानी, भविष्य सुनिश्चित भन्ने नाराका साथ” सरकारी तथा प्राइभेट संस्थाका शिक्षकहरुले मनाइरएका छन ।

संयुक्त राष्ट्रसंघको आव्हानमा अक्टोवर ५ मा विश्वभर नै शिक्षक दिवस मनाइने गरिन्छ ।

नेपालमा भने दसैंको बेला दिवस परेकाले औपचारिक कार्यक्रम आयोजना नगरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ ।

नेपालमा करिब तीन लाखको संख्यामा शिक्षकहरु रहेका छन् ।

अस्थायी र निजी स्रोेतका शिक्षकहरुले भने विभिन्न सेवा, सुविधा नपाएको गुनासो गर्दै आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित शिर्षकहरु