असोज १८ ।पेन,अर्जेन्टिना र स्पेनका फुटबल क्लव बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेसीविरुद्ध कर छलेको आरोपमा स्पेनमा मुद्दा चल्ने भएको छ।
स्पेनका एक न्यायाधीशले अभियोजन पक्षको मेसीको वित्तीय मामिलाका लागि उनका पिता जिम्मेवार रहेको भन्ने जिकिर खारेज गरेका छन् । लियोनल मेसीमाथि लागेको आरोप फिर्ता लिन माग गरिएको जिकिर खारेज गरिएको हो ।
न्यायाधीशले भनेका छन्–यस्तो अपराधमा कुनै व्यक्तिलाई एकाउन्टिङ र विजनेश सञ्चालनको ज्ञान हुनैपर्छ भन्ने छैन ।
यति पर्याप्त छ कि उन धोकाधडीको उद्देश्यबारे जानकार होस् र त्यसको अनुमति दिएको होस् ।
मेसी र उनका पिता होर्गेमाथि उनीहरुले ८० करोड रुपैयाँभन्दा बढी कर छली गरेको आरोप छ।
दुवैले यो आरोपको खण्डन गरेका छन् । अब मेसी र उनका पितासँग अपिलका लागि पाँच दिन समय दिइएको छ।
मेसी र उनका पितामाथि उनीहरुले सन् २००७ देखि २००९ सम्मको आफ्नो आम्दानी लुकाएको आरोप छ । मेसीले यो अवधिमा विभिन्न विज्ञापनबाट रकम आर्जन गरेका थिए । एजेन्सी








