सहमतिको प्रयास जारी :मन्त्री पराजुली

चितवन, कृषिमन्त्री हरि पराजुलीले तोकिएको समयमा संविधान निर्माण गराउन अधिकतम् लचकताका साथ सहमतिको प्रयास गरिने बताउनु भएको छ ।

दसैँको टीकाका लागि गृह जिल्ला आउनुभएका उहाँले मुलुकको सङ्क्रमणकाललाई लम्ब्याउन नहुने बताउनु भयो ।

शुक्रबार चितवनमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले विगतका सहमतिअनुसार दलहरू अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री पराजुलीले मुलुकका कृषिको विकास अपरिहार्य भएको भन्दै संविधान जारी नहुँदा धेरै विकासका कार्यक्रममा अवरोध पुगेको बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु