असोज १४ ।काठमाडौँ,तिनकुनेस्थित किया मोटर्समा आज बिहान आगलागि हुँदा करोडौ सरसामान जलेर नष्ट भएको छ ।
आगलागिबाट सवारी साधनका पार्टपुर्जा र जेनेरेटर जलेर नष्ट भएको छ ।
बिहान ११.३० बजे विद्युत् चुहेर आगो लागेको किया मोटर्सका कार्यकारी निर्देशक सन्दीप चाचानले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जुद्ध बारुण यन्त्रका पाँचवटा दमकललाई करिब एक घण्टा समय लागेको थियो ।
समयमै सावधानी अपनाइएका कारण किया मोटरको सोरुम र आडमै रहेको पसल तथा घर आगलागी हुनबाट जोगिएको छ ।
कार्यकारी निर्देशक चाचानले भन्नुभयो आगो सर्भिस सेन्टरमा मात्र लागेले स्थानीयवासी र प्रहरीको सक्रियतामा थप क्षति हुनबाट जोगिएको जानकारी दिनु भयो ।
आगलागीका कारण भएको क्षतिबारे अहिल्यै केही भन्न नसकिने उहाँको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रमेशकुमार तामाङले आगलागी नियन्त्रणमा पाँच दमकल प्रयोग भएको जानकारी दिनुभयो ।
सर्भिस सेन्टर र सोरुम छुट्टाछुट्टै भएका कारण सवारी साधन भने जल्न पाएन । आगलागी हेर्न तीनकुने क्षेत्रमा ठूलो भीड लाग्दा ट्राफिकजाम भएको थियो ।








