राष्ट्रसंघको महासभामा पनि नरेन्द्र मोदीद्वारा नेपालको प्रशंसा

असोज १२, काठमाडौँ-

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदी
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदी

हिजो आज नेपालको प्रसंशा गरेर नथाक्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको महासभालाई गरेको आफ्नो सम्बोधनमा पनि नेपालको प्रशंसा गर्नुभएको छ  ।

अमेरिकाको न्यूयोर्कमा जारी राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गर्दै मोदीले नेपालको शान्तिप्रक्रियालाई विश्व समुदायले एक्काइसौ सताब्दीको सफल उदाहरणको रुपमा लिनु पर्ने धारणा प्रस्तुत गर्नुभएको छ । मोदीको कथन थियो  ‘नेपाल युद्धपछि शान्ति र लोकतन्त्रतर्फ अगाडि बढेको छ, यो आजको युगको अनुपम उदाहरण हो ।’

मोदीले नेपालसहित दक्षिण एसियाली मुलुकहरु शान्ति र लोकतन्त्रतर्फ आफ्नो यात्रामा डटेर लागेको बताउनु भयो ।

१५ मिनेट समय पाउनुभएका मोदीले ३४ मिनेट लामो भाषण गर्नुभएको थियो । मोदीले राष्ट्रसंघमा हिन्दीमा सम्बोधन गर्दा महासभामा उपस्थित भारतीय सहभागी कुटनीतिज्ञहरुले ताली बजाएका थिए । नेपालका प्रधानमन्त्री सुशील कोइरालाले पनि लगातार तालि बजाउनुभएको थियो ।

सम्बन्धित शिर्षकहरु