तमिल्नाडुकी मुख्यमन्त्रि जयलालिता भ्रस्टचारी ठहर: ७ बर्षसम्मको जेल सजाय हुने

असोज १२, काठमाडौँ- दक्षिण भारतको सक्तिशाली राज्य तमिलनाडुकी मुख्यमन्त्री जयललिता १८ बर्ष पुरानो भ्रस्टाचार मुद्दामा दोषी ठहरिनु भएको छ । जयलालितालाई बंगलौरको एक अदालतले शनिबार भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहराएको हो।Jayalalita

अनधिकृत सम्पत्तिसम्बन्धी मुद्दामा उहाँलाई सात वर्षसम्मको सजाय हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन्। सम्पत्तिसम्बन्धी मुद्दामा सजाय सुनाइएकी उजयलालिता पहिलो भारतीय मुख्यमन्त्री हुनुहुन्छ ।

भारतीय जनता पार्टीका नेता सुब्रमन्यन स्वामीले जयललिताबिरुद्ध १८ वर्षअघि मुद्दा हाल्नुभएको थियो। फैसलापछि स्वामीले भन्नुभयो, जयललिताले बुझ्नुपर्छ, भ्रष्टाचारको मूल्य चुकाउनैपर्छ।’ भारतीय कम्युनिष्ट पार्टीका नेता डी राजाले यो फैसलासँगै जयललिताले राजीनामा गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

बंगलौरको विशेष अदालतले ६६ करोडभन्दा बढी भारतीय रुपैयाँको यो मुद्दामा जयलालितालाई लाई दोषी करार गरेको हो।

सम्बन्धित शिर्षकहरु