असोज १०, काठमाडौँ : होटलको एक कोठामा यौन क्रियाकलाप गरिरहेकै अबस्थामा तेह्रथुम सदरमुकाम म्याङ्लुङ्गमा प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ। प्रहरीले म्याङ्लुङ्गको निलकमल होटलको कोठाभित्र यौन क्रियाकलापमा मस्त एक जोडी युवा युवतीलाई बिहिबार साँझ पक्राउ गरेको हो। 
बिशेष सूचनाको आधारमा होटलमा छापा मार्दा करिव २५ बर्षिय युवक र २३ बर्षिया युवतिलाई आपत्ति जनक अवस्थामा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका युवायुवतिको नाम भने प्रहरीले खुलाएको छैन।
पक्राउ परेका युवकको घर बिराटनगर र युवतिको भने तेह्रथुम जिल्लामै रहेको प्रहरीले जनाएको छ। यता होटल संचालक प्रेम राईले भने होटलको कोठा बुक गरी बसेका युवकले कति खेर युवतिलाई ल्याएर राखेको आफुहरुलाई थाहा नभएको बताएका छन् ।
प्रहरीले एक साता अघि म्याङ्लुङ्ग बजारकै काजोल होटलबाट पनि एक जोडिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरेको थियो। जिल्लाका विभिन्न बजारहरुमा खुलेआम रुपमा यौन व्यवसाय संचालन भैरहेको सूचना आएकाले होटलहरुमा छापा मार्न थालिएको प्रहरी नायव उपरिक्षक गौतमले बताए।








