अधिकारीको मृत्यु जिम्मेवारी सरकारले लिनुपर्छ : मानव अधिकारकर्मी

काठमाडौं,मानअधिकारकर्मीहरुले न्यायको माग गरिरहेका निर्दोष नागरीक नन्द प्रशाद अधिकारीको मृत्यु भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलन गर्दै मानव अधिकारकर्मीहरुले छोराको हत्यारामाथी कारवाहीको माग राखी आमरण अनसनमा बसेका अधिकारी दम्पतीको सरकारले उचित सम्वोधन गर्न नसकेका कारण नन्द प्रसादको मृत्य भएको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै जवाफदेहिता निगरानी समितिका अध्यक्ष सुशिल प्याकुरेलले सरकारले अधिकारीको निधनवारे जारी गरेको प्रेस विज्ञप्ती लज्जास्पद भएको बताउँदै गंगामायाको जीवन रक्षा गर्न आवश्यक पहल गर्नुपर्ने समेत बताउनु भयो ।
प्याकुरेलले भन्नु भयो,”पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फुजेल प्रकरण नउचाल्न भन्दै सके आँफैलाई जेल हाल भनेर दिएको चुनौतीका कारण आज अधिकारीले ज्यान गुमाउनुपयो, यो न्याय माथिको बलात्कार हो । बाबुरामको अभिव्यक्ति राजनीतिको नाममा कंलक ठहरेको छ ।”
उहाले सरकारले चाहेको भए अधिकारी दम्पतिलाई न्याय दिलाउन सक्थ्यो भन्दै सरकारले केही कदम नचालेको कारण आफूले प्रधानमन्त्री सुशिल कोइराला अमेरिका गएको वेला उनलाई दवाव दिन सकियोस भनेर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई विशेष पत्राचार समेत गरेको स्पष्ट पारेका छन् ।

त्यसैगरी अर्का मानवअकिारकर्मी कनकमणी दिक्षितलले मानव अधिकारको बारेमा अरुलाई शिक्षा दिने पश्चिमा मूलुकहरु अधिकारी दम्पत्तिको बारेमा भने मौन बसेको भन्दै पश्चिमाहरुको लागि मानवअधिकार पनि तुलनात्मक विषय बनेको आरोप लगाएकाछन् ।

दिक्षितले ८ वर्षको निरन्तर न्यायको खोजीपछि सबैको चासोको विषय बनेको अधिकारी प्रकरणमा नन्द प्रसाद अधिकारीले कहिल्यै पनि आफ्नो अडान नछाडेको जानकारी दिँदै प्रचण्ड र बाबुरामको कारण अधिकारीको निधन भएको आरोप लगाउनु भयो ।

दिक्षितले सरकारले अधिकारी दम्पतिको विषयमा खुट्टा कमाएको कारण दम्पतीले न्याय नपाएको समेत आक्रोश पोखेका छन् ।

त्यस्तै अर्का मानवअधिकारकर्मी एवम् अधिवक्ता डा. दिनेश त्रिपाठीले आफूहरुले नन्द प्रसाद अधिकारीलाई बचाउने अथक प्रयाश गरेपनि सरकारले आफूहरुलाई साथ नदिएको कारण उहाँको निधन भएको प्रष्ट पारेका छन् ।

 

सम्बन्धित शिर्षकहरु