
असनेपाल न्युज । कहिले हाँसोको फोहोरा कहिले मन्त्रको गुन्जन, कहिले मनोचिकित्साका अभ्यासहरू त कहिले योगका वैज्ञानिक शुत्रहरूको साधना, यस्तै विभिन्न अभ्यासहरू गर्दै एडिलेडमा एक विशाल ध्यान, योग तथा उत्प्रेरणाका शिविर सम्पन्न भएका छ । विश्व शान्ति दुत तथा सकारात्मक सोचका अभियान्ता अाचार्य राजन शर्माद्वारा सो शिविर दक्षिण अष्ट्रेलियाको एडिलेडमा सम्पन्न भएको हो ।
भुटान हुँदै नेपाल र नेपाल हुँदै अष्ट्रेलिया पुगेका नेपाली भुटानीहरूको बीचमा यसरी सम्पन्न यो कार्यक्रमले नेपाली भुटानीहरू बीच एक सकारात्मक तरङ्ग र अापसमा सद्भाव र उत्साह फैल्याएको छ । नेपाली भुटानीद्वारा अायोजित सो कार्यक्रममा वेद र शास्त्रमा भएका वैज्ञानिक तर्क, विभिन्न रोगहरूलार्इ छोटो समयमा निको पार्न सकिने योगका अाशन, हाँस्य चिकित्सा, कुण्डलिनी ध्यान लगायतका कार्यक्रम संचालन भएको थियो ।

समुदायका अग्रज तथा सकारात्मक सोच तथा अध्यात्मिक जागरण प्रेमीको प्रमुख अायोजनामा सम्पन्न सो कार्क्रममा ९२ वर्षीय बृद्दद्वारा उद्घाटन गरीएको थियो । करीब ३ घण्टा नियमीत प्रवचनपछि योगका गीति शुत्रहरू प्रयास गरीएको थियो जहाँ भुटानी नेपालीसमुदाय सहित अन्य विदेशी नागरीकहरू पनि सहभागी भएका थिए।
कार्यक्रमको अन्त्यमा अाफुहरूले सँधै सप्ताह पुराण मात्र लगाउने गरेको तर जिवन परिवर्तनका लागी नभर्इ नहुने यस्ता कार्यक्रमहरूबाट अाफु पछि परीरहेको सहभागीहरूले बताएका थिए । कार्यक्रमको समाप्तिसँगै विष्णु दाहालले असनेपाल न्युजसँग भन्नुभयो, “धर्मको नाममा दुश्प्रचार र गलत व्याख्याहरूका कारण अाज मानिसहरू झन दुखी भर्इरहेको परीवेशमा गुरू अाचार्य राजन शर्माले संचालन गर्नुभएको यस शिविरमा वास्तविक धर्मको संदेस बाहिर अाएका र अाफु यस कार्यक्रम अायोजना गर्न पाउँदा अत्यन्त हर्षित भएको छु” ।









