प्रधानमन्त्री कोइराला अहिले पूर्ण स्वस्थ

असोज ७ ।न्युयोर्क, प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा गराउनु भएको स्वास्थ्य परीक्षण अनुसार उहा पूर्ण स्वास्थ्य रहनु भएको पुष्टि भएको छ ।

न्युयोर्क स्थित मेमोरियल स्लोन केट्रिङ क्यान्सर सेन्टर जानुभई उहाले सोमबार स्वास्थ्य परीक्षण गराउनुभएको हो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नै प्रधानमन्त्री कोइराला स्वास्थ्य परीक्षणका लागि उक्त सेन्टरमा जानुभएको हो ।

अस्पतालमा गरिएका विभिन्न परीक्षणबाट उहाँ पूर्णरुपमा स्वस्थ रहनुभएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा कविरनाथ योगीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइरालाको रगत जाँच, छातीको सिटी स्क्यान र पूरै शरीरको पेट स्क्यान गरिएको थियो ।

ती सबै परीक्षणले प्रधानमन्त्रीमा पहिले देखिएको रोग पूर्णरुपमा निको भएको उक्त अस्पतालका चिकित्सक मन्जित बेन्चले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाको करिव तीन महिनाअघि यसै अस्पतालमा फोक्सोको क्यान्सरका लागि रेडियोथेरापी गरिएको थियो ।

 

 

 

सम्बन्धित शिर्षकहरु