कुख्यात अपराधी शोभराजले मृत्युलाई जितेर बाँचे

जेठ २९ । काठमान्डौं,अब म बाँच्दिन भनेर हरेस खाइसकेका ७३ बर्षीय कुख्यात अपराधी चार्ल्स शोभराजको ओपन हर्ट सर्जरी सफल भएको छ ।उनको सफल शल्यक्रिया भएको र अवस्था सुधारोन्मुख भएको शल्यक्रियामा संग्लग्न चिकित्सकहरुले जानाकारी दिएका छन् ।

शहीद गंगालाल हृदय रोग केन्द्रका डा. रामेश कोइरालाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले शोभराजको शल्यक्रिया गरेको थियो ।

‘उनीसँग मुटु रहेछ ! र मैले त्यसभित्र भल्भ फिट गरेको छु र उनी खतरामुक्त छन् ।’ डाक्टर कोइरालाले ट्विट गरेका छन् ।
शल्यक्रिया थियटरमा लानुभन्दा पहिले डाक्टर कोइरालाले सोभराजसँगको तस्वीर पनि पोष्ट गरेका थिए ।

सन् २००८ मा निहिता विश्वाससँग बिहे गरेका सोभराजलाई शल्यक्रियाको लागि उनैले रगत दान गरेकी थिइन् । उनी आमा सकुन्तलासँग अस्पताल पुगेकी थिइन् ।

बकिनी किलरको नामबाट परिचित शोभराजमाथि २० जना भन्दा बढी महिलाको हत्या गरेको आरोप छ ।

बिगत ५ वर्षदेखि शोभराजको मुटुको नियमित जाँच गरिरहेका एक बरिष्ठ मुटु रोग विशेषज्ञले शोभराजको अवस्था खतरायुक्त नभए पनि धेरै गम्भीर रहेको बताएको इन्डियन एक्सप्रेसले दाबी गरेको छ । चिकित्सकले भनेका छन्– उनको तत्काल मुटुको भल्भ फेर्नुपर्ने देखिएको छ । उनलाई मैले जेलमै गएर नियमित जाँच गरिरहेको छु ।आगामी शनिबार उनको भल्भ फेरिन्छ ।

शोभराजले आफ्नो मुटु रोगको रिपोर्ट आफ्नो साथी मार्फत फ्रान्स र बेलायतका मुटुरोग विशेषज्ञहरुलाई पनि देखाएका थिए । आफू एक वर्षअघि नै नेपालको जेलबाट मुक्त हुनुपर्ने भए पनि यहाँका सरकारी अधिकारीहरुले आफू विरुद्ध जुनसुकै घटना हुने भएकाले उनीहरुलाई मलाई खतरामा पार्न नचाहेको शोभराजको प्रतिक्रिया छ ।

भारतीय पत्रिकालाई शोभराजले भनेका छन्– ‘मलाई उनीहरुले नेपाल सरकारबाट अस्पतालमा पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएको बताएका छन् । शोभराजले आफूलाई जेलभित्र खाना पकाएर खान नदिइएको भन्दै आफू कमजोर हुँदै गएको बताएका छन् ।

केही वर्षअघि शोभराजसँग १८ वर्षीया नेपाली किशोरी निहिता विश्वासले जेलभित्रै बिहे गरेकी थिइन् । तर पछिल्लो समयमा उनी शोभराज भेट्न जान छाडेकी छन् ।
आफू अस्पतालमा पनि ह्वीलचेयरमा आएको र उपचारपछि आफूले पुनः रिहाईका लागि पुनरावेदन गर्ने शोभराजले बताएका छन् ।
पेरिस फर्किएर आफूले धेरै काम गर्ने योजना बनाएको समेत शोभराजले बताएका छन् । शोभराजको जीवन र उनले गरेका अपराधसँग सम्बन्धित किताब प्रकाशन भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु