सुवास पराजुली र सोनी खड्कालाई मोडल उपाधी

असोज ५ । काठमाडौं, नेपाली व्यवसायिक मोडलहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उद्येश्यले आयोजना गरिएको मोडल अफ दि ईएर २०१४ भव्य रुपमा सम्पन्न भएको छ ।

राजधानीको आर्मी अफिर्स क्लबमा सम्पन्न कार्यक्रममा उक्त प्रतियोगिताको पुरुष तर्फको उपाधि भने भोजपुरका सुवास पराजुली र महिला तर्फको उपाधि भने काठमाडौकी सोनी खड्काले जित्न सफल भएका हुन् । नेक्स्ट मोडलस् नेपालका प्रमुख रवि धमलाले कार्यक्रम अत्यन्तै भव्य रुपमा सम्पन्न भएको जानकारी दिनु भयो ।

कार्यक्रममा भने अन्तर्राष्ट्रिय स्तरको बैंकर्सको उपाधी जितेकी रुविना देशराज, फोटोग्राफर राजभाई सुवाल, मिस नेपाल कोरियोग्राफर रचना गुरुङ, मिस्टर नेपालका कोरियोग्राफर चाँदनी लामिछाने, सञ्चारकर्मी सुरज श्रेष्ठ, मिस्टर नेपाल सुरज चिलवाल लगायत निर्णायक मण्डलमा सहभागी रहेका थिए ।

४५ दिनको लामो प्रशिक्षण यात्रा पार गरि मोडल अफ दि ईएरको अन्तिम घोषणा भने हिजो सम्पन्न भएको हो । नेक्स्ट मोडलस् नेपाल नामक संस्थाको आयोजनामा भएको उक्त कार्यक्रमको अन्तिम चरणमा ३० जना प्रतिस्र्धीले विभिन्न २१ विद्यामा प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रम भने अन्र्तराष्ट्रिय स्तरको प्रविधियूक्तबाट सम्पन्न भएको पनि धेरैले बताएका छन् । सहभागीमध्ये एक जना फेशन डिजाईनर उत्तम बनेपालीका अनुसार कार्यक्रमको प्रविधि पक्ष अत्यन्तै सवल र सक्षमका साथै नविनतम रहेको थियो ।
धमलाले भने– “हामीले सोचेभन्दा पनि धेरै राम्रो कार्यक्रम भएको प्रतिक्रिया पाएका छौं, यसले फेरि फेरि हामीलाई अन्य कार्यक्रम गर्नका लागि मद्यत पुगेको छ ।’’ श्रोताहरुको प्रतिक्रिया, कलाकारिता क्षेत्रमा आवद्ध द्धिग्ज व्यक्तित्वहरुले हामीलाई राम्रो कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभएको छ , यो नै हाम्रो लागि खुशिको कुरा हो । यसले हामीलाई हौसला प्रदान गरेको छ उनले थपे ।
आयोजक संस्थाका प्रमुख रवि धमलाले यस पटकको कार्यक्रममा प्रतिस्र्धीहरुकै अगाडी रहेर निर्णायकहरुबाट सामूहिक निर्णयसहित विजेता घोषणा गरेको बताउनु भयो ।
उहाले यसमा कसैले पनि नतिजाको बारेमा आशंका नगरुन भनेर नै आफूहरुले स्वस्थानमै अन्त्यन्तै पारदर्शी ढंगले निर्णय गरको बताउनु भयो ।
प्रतियोगितामा मोस्ट ट्यालेन्टको उपाधि आलोक कार्की, बेस्ट पर्सानालिटी मेल अमित साङ्गाछे, बेस्ट पर्सानिलिटी फिमेल सुप्रभा कुँवर, बेस्ट वाक मेल सक्षम श्रेष्ठ, बेस्ट वाक फिमेल सोनी खड्का, मोस्ट फोटोजेनिक मेल अभिषेक गिरी, मोस्ट फोटोजेनिक फिमेल सोनी खड्का, बेस्ट नेश्नल कस्ट्यूम मेल निशान चौहान, बेस्ट नेश्नल कस्ट्यूम फिमेल सोनाम शाही, मोस्ट पपुलर मेल श्रीयान्स अडुकिया, मोस्ट पपुलर फिमेल अदिति जैसवाल, मोस्ट डिसिप्लिन विकास लम्साल, मोस्ट जेन्यून पंकज प्रसुन चौधरी, मोस्ट सिन्सियर रणधिर शाह, बेस्ट हेयर मेल स्लेश अधिकारी, बेस्ट हेयर फिमेल रोजी भुसाल, मोस्ट चार्मिङ खुशि बस्नेत, बेस्ट स्किन अभिष शाक्य, मिस्टर ह्यान्डसम मनिष सुन्दर श्रेष्ठ, मिस व्यूटिफुल प्रियंका मानन्धरले जितेका छन् ।

सम्बन्धित शिर्षकहरु