उद्योग वाणिज्य सङ्घ जनकपुरको अध्यक्षमा शिवशङ्कर साह

असोज ५ ।जनकपुरधाम,उद्योग वाणिज्य सङ्घ जनकपुरको अध्यक्षमा शिवशङ्कर साह ‘हिरा’ निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार उहाँ एक हजार १६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

त्यस्तै, महासचिवमा जितेन्दकुमार साह, सचिवमा सुरेन्द्रकुमार भण्डारी र कोषाध्यक्षमा जितेन्द्रकुमार महासेठ निर्वाचित हुनुभएको छ भने
एसोसिएट सदस्यमा दीपेन्द्रकुमार यादव विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु