कोलोम्बोमा विमान आकस्मिक अवतरण

एजेन्सी, इमिरेट्सको ए३८० विमान शुक्रबार श्रीलङ्कामा आकस्मिक अवतरण गरिएको समाचार छ ।

पाँचसय भन्दा बढी व्यक्ति सवार रहेका सो विमानमा प्राविधिक कठिनाई आएपछि श्रीलङ्काको राजधानी कोलोम्बो आकस्मिक अवतरण गरिएको छ ।

सो विमान दुबाईबाट सिड्नीतर्फ गईरहेकोमा प्राविधिक कठिनाईको कारण कोलोम्बोमा लगेर अवतरण गरिएको वायुसेवा अधिकारीहरुले जनाएका छन् ।

एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा विमानमा आएको समस्याको विस्तृत विवराण भने दिइएको छैन् ।

यस विमान अवतरणको क्रममा कुनै पनि घाइते नभएका बताइएको छ । यस अघि सन् २०१२ इमिरेट्स्को ए३८० विमान कोलोम्बोमै आकस्मिक अवतरण गरिएको थियो ।

एयरलाइन्सका अनुसार आकस्मिक अवतरण गरिएको यस विमानका सवै यात्रुहरुलाई इमिरेट्सकै अर्को विमानबाट पठाइएको छ ।

सम्बन्धित शिर्षकहरु