चट्याङले लागेर ३ जनाको मृत्यु

असोज ३ ।हेटौडा, मकवानपुरमा हावाहुरीसँग चट्याङ लागेर २ बालक सहित तीन जनाको मृत्यु भएको छन भने २ जना घाइते भएका छन् ।

हिजो साँझ घरको आगनमा खेलिरहेका आमभन्ज्याङ गाविस वडानम्बर ४ चुहारका एकै घरका ८ बर्षिय रोशन रुम्बा र ६ बर्षिय विबेक रुम्बाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । छिमेकी पेमा लामा पाख्रिनको पनि मृत्यु भएको छ ।

मिलन रुम्बा र स्थानिय पञ्चमाया स्याङतान घाइते भएका छन् । यसैबीच गएरातिको बर्षाले काठमाडौको धोबी खोलमा बाढी आँउदा घट्टेकुलो क्षेत्र प्रभावित पारेको छ । धोबी खोलाले काठको पुल बगाउनुका साथै खोला आसपासका पसल तथा फर्निचर उद्योगमा क्षति पुर्याएको छ ।

 

सम्बन्धित शिर्षकहरु