भदौ ३० ।काठमाडौ,एक्कासी बिरामी पर्नु भएका एमाआवादी उपाध्यक्ष पोस्टबहादुर बोगटीको उपचारको क्रममा आज निधन भएको छ।
हृदयाघात र मस्तिष्कघातले ग्रसित बोगटीको नर्भिक अस्पतालमा उपचारका क्रममा पछिल्ला प्रयास असफल भइपछि विहान निधन भएको हो।
६२ वर्षीय नेता बोगटीको निधनको खबरसँगै एमाओवादी नेताहरु श्रद्धाञ्जलीका लागि नर्भिक पुगेका छन्। बोगटीलाई ढिलो गरी अस्पताल पुर्याउँदा उपचारमा थप समस्या भएको चिकित्सकले बताएका छन। एलोपेथिक औषधिले काम गर्न छोडेपछि बोगटीलाई चिकित्सकको सल्लाहमा जीवनरक्षाका लागि परम्परागत र जीवनदायी औषधिका भरमा उपचार थालिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि आइतबार बोगटीलाई उपचारका लागि विदेश लैजान परिवार, आफन्त र दलका नेताले दबाब दिएका थिए। तर चिकित्सकले जहाँ लगे पनि उपचार उही भएको बताएपछि उनलाई राजधानीको नर्भिक अस्पतालमै राखिएको थियो।
उपचारमा संलग्न डा. यादव भट्टले हृदयाघातका लक्षण देखिनेबित्तिकै अस्पताल लैजानुपर्ने भए पनि बोगटीलाई भने झन्डै डेढ घन्टा ढिलो गरी अस्पातल ल्याइकोले उपचार सफल हुन नसकेको बताउनु भयो ।
बोगटीलाई उपचारका लागि बिहीबार राति बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएको थियो।
उहाको मुटुको मांसपेसीलाई रगत आपूर्ति गर्ने धमनी औषधि प्रयोग गर्दा पनि नखुलेपछि एन्जियोप्लास्टिक गरी खोलिएको थियो। अस्पताल पुर्याउन ढिलो भएकाले उनको मुटुको कोसिकाले राम्ररी काम नगर्दा समस्या भएको थियो। बोगटीको निधनपछि बोगटीको श्रदाञ्जली कसरी गर्ने भन्ने विषयमा छलफल गर्न अहिले पार्टीका नेताहरुको बैठक बसिरहेको छ ।
सुरुमा समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।
पार्टीको नीति, लाइन र योजनालाई इमान्दारिपूर्वक प्रयोग गर्ने र विषयलाई सरल ढङ्गले लैजाने नेताको रुपमा उहा चिनिनुहुन्छ ।
उहाको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा राख्ने र ११ बजे खुलामञ्चमा राख्ने एमाओवादीको निर्णय छ ।








