भदौ २९ ।दश दिनमा चार पटक वीर्य दान गर्ने चीनका एक जना व्यक्त्तिले ज्यान गुमाएका छन् ।
यति धेरै मेहनत गरेर वीर्य बैंकलाई विर्य दिने झेंग गैंगलाई यो निकै महंगो सावित भयो र उनको मृत्यु भयो । भुहान युनिभर्सिटीमा मेडिकल विषय अध्ययन गरिरहेका झेंग जब दुई घण्टाभन्दा लामो समयदेखि कोठाबाट बाहिर निस्केनन् तब युनिभर्सिटी प्रशासनले ढोका फुटाए ।
उनी कोठामा बेहोस अवस्थामा फेला परे । अस्पताल पुराएपछि उनलाई डाक्टरले मृत घोषणा गरे ।
म्याराथुन मास्टरबेटर झेंग एउटा वीर्य बैंकको नियमित दाता थिए । उनी आफ्ना साथीहरुलाई पनि वीर्य दान गर्न प्रेरित गर्ने गर्दथे ।
यो दुखद् घटनापछि झेंगका परिवारले वीर्य बैंकविरुद्ध मुद्दा हालेका छन् ।
झेंगका परिवारले वीर्य बैंकविरुद्ध आफ्नो छोरालाई जबरजस्ती सम्झौतामा सही गराएको आरोप लगाएको छ।
झेंगको परिवारले बैंकसँग ६४८,५४५ डलर क्षतिपुर्तिसमेत माग गरेको छ। यद्यपि अदालतले यस परिवारको दावी खारेज गर्दै झेंग परिपक्व रहेको र आफ्नो निर्णय आफै गर्न सक्ने रहेको निर्णय सुनाएको छ ।








