भदौ २९ ।काठमाडौ,”बालबालिकका कुरा सुनौ, बाल दुर्व्यवहार अन्त्य गरौ” भन्ने नाराका साथ विभिन्न संघ सस्थाहरुले बाल दिवस मनाइरहेका छन ।
बालबालिकका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् ।
दिवसको सन्दर्भमा सुभकामना दिनुहुदै प्रधानमन्त्री सुशील कोइरालले बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारको रोकथामा र घटनाबाट प्रभावित बालबालिका र सम्वद्ध परिवारको सम्मानजनक सामाजिक पुनर्स्थापनका लागि सहकार्य गर्न सरोकारवालालाई आव्हान गर्नु भएको छ ।
यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले बालबालिकको विशेष आवस्यकताहरुको यथोचित सम्मान र सम्वोधनका लागि आफूहरु क्रियाशिलताको गाति बढाउनेतर्फ सचेत भएको बताउनुभयो ।
नेपालले बालअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ अनुमोदन गरेको आजबाट २५ वर्षमा प्रवेश गरेको छ । नेपालको अन्तरिम संविधानले पनि बाल अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ ।








