काठमाडौं । ब्यवसायी सुधिर बस्नेत बुधबार साँझ आफ्नै घरबाट पक्राउ परेका छन्। सरकारले गठन गरेको छानबिन समितीको निर्देशनपछि बस्नेत पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतलाई भिमसेनगोलास्थित घरबाट पक्राउ गरेको हो।
समस्याग्रस्त सहकारी समितीको प्रतिवेदनका आधारमा १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले बुझाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
संगठित अपराध निवारण ऐन अनुसार कारबाहीका लागि कम्तीमा दुई र सो भन्दा बढिको संलग्नतामा अपराध भएको हुनुपर्छ। सहकारी ठगीमा सुधिरका सहयोगी समेत प्रहरी खोजीमा रहेको परिसरले जनाएको छ।








