युएस ओपनको उपाधि मारिन चिलिचलाई

भदौ २४ ।न्युयोर्क,क्रोएशियाका मारिन चिलिचले यो वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको उपाधि जित्नु भएको छ ।

सोमबार न्युयोर्कमा भएको पुरुषतर्फको सिंगल्स फाइनलमा १४औ बरियता प्राप्त चिलिचले जापानका १०औं बरितयता प्राप्त केई निशिकोरीलाई ६-३, ६-३ र ६-३ ले पराजित गर्दै उपाधि आफ्नो नाममा गर्नु भएको हो ।

मारिनको टेनिस करिअरको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

दुवै खेलाडीको यो पहिलो ग्रान्डस्लाम फाइनल भिडन्त हो ।

सेमीफाइनल प्रतिस्पर्धामा निशिकोरीले नेभाक जोकोभिचलाई र चिलिचले रोजर फेडररलाई पराजित गर्नु भएको थियो ।

सन् २००५ पछि यो नै पहिलो अवसर थियो जसमा राफेल नडाल, नोभाक जोकोभिच र रोजर फेडरर कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा थिएनन् ।

सम्बन्धित शिर्षकहरु