भदौ २४ ।मकवानपुर,चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
मकवानपुरको पूर्वी क्षेत्र वेतिनी गाविस ५ बरबोटमा गएराति चट्याङ लागेर सीता प्रजापति र उनकी छोरीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी नायब उपरीक्षक चन्द्र नारायण त्रिपाठीका अनुसार चट्याङमा परी अन्य चार जना घाइते भएकाछन् । घटनास्थलतर्फ प्रहरी टोली गईरहेको बताईएको छ ।
मकवानपुरमा ५ महिनायता मात्रै चट्याङमा परी नौ जनाको मृत्यु भएको छ । यो अवधीमा ११ जना घाइते भएका छन् ।







