सार्वजनिक लेखा समितिले सरकारसँग गोलीगठ्ठा खरिदसम्बन्धी जानकारी लिने

भदौ २० । काठमाडौँ,व्यवस्थापिका-संसद्, सार्वजानिक लेखा समितिले सशस्त्र प्रहरी बलको गोलीगठ्ठा खरिद लगायतका बिषयमा सरकारसँग जानकारी लिने भएको छ ।

समितिको आजको बैठकले काठमाडौ महानगरपालिकाको टावर खरिद, नेपाल पर्यटन बोर्डको अनियमितता,नक्कली भ्याट, सुपारी निकासीका विषयमा पनि सरकारसँग जानकारी माग गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को पाँच आर्थिक वर्षका आयव्ययको विवरण ( बैंकिङ कारोबार), खर्च गर्ने कार्यविधि, सङ्घका नाममा रहेको रकम, ब्याज र आम्दानीको हिसाब पेस गर्न पनि सङ्घलाई बैठकले निर्देशन दिएको छ ।

ती विषयमा सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको समितिका सभापति जनार्दन शर्माले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्य उषा गुरुङ, टेकबहादुर बस्नेत, रामहरि खतिवडा, दीपक बोहरा, आनन्दप्रसाद ढुङ्गाना, पार्वती चौधरीलगायतका सदस्यले एन्फामा भएका भनिएका भ्रष्टाचारका विषयमा छानबिन गर्न माग गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु