भाद्र १९,काठमाडौँ – तनहुमा एक युवा दम्पतीले एउटै नाम्लोको पासो लगाई आत्माहत्या गरेका छन् । जामुने ९ गुणादीका २३ बर्षीय सुवास नेपाली र उनकी श्रीमती १८ बर्षीया श्रीकला घरबाट करिव डेड किलोमिटरको दुरीमा रहेको दिर्वु बन क्षेत्रको रुखमा झुण्डिएको अबस्थामा फेला परेका हुन् ।
मंगलबार मध्यान्ह करिव २ बजे घरबाट घाँस काट्न भनेर हिडेका उनीहरु बुधबारसम्म नफर्किएपछि छिमेकीहरुले खोजी गर्दा झुण्डिएर मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खवर गरेका थिए । पेटको अप्रेसन गरेर नियमित औषधी सेवन गर्ने सुवास र टाउकोको विरामी रहेकी श्रीकलाले मानसिक तनावका कारण आत्माहत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
सुवास र श्रीकलाको शव पोष्टमार्टमपछि दमौली अस्पतालमा राखिएको छ । आवश्यक प्रकृया पुरा गरी आफन्तको जिम्मा लगाईने प्रहरीले बताएको छ ।








