मेलबर्नमा मृत्यु संग जुध्दै नेपाली छात्रा

khanalभदौ १९, काठमाडौँ – एक वर्ष अघिमात्रै अध्ययनको लागी अष्ट्रेलियाको मेलबोर्न सहरमा अवस्थित स्विनवर्न युनिर्भसिटीमा आएकी एक नेपाली छात्रा सृष्टि खनाल यतिबेला रोयल मेलवर्न हस्पिटलको आईसियुमा अचेत अवस्थामा छिन् ।

मास्टर्स इन इन्फरमेशन टेक्नोलोजी विषयको अध्ययनको लागी अस्ट्रेलिया आएको सृष्टिको अवस्था झन् पछि झन् जटिल बन्दै गएको छ । अनेकौं सपना बोकेर अस्ट्रेलिया आईपुगेकी सृष्टिको तौल अहिले मात्र ३२ के.जी छ ।

जीबनमरणको उनको लडाँईमा उनलाई साथ दिन उनका श्रीमान द्धिजेश कोइराला २४ उनका साथमा बसिरहेका छन् ।
अस्पताल स्रोतका अनुसार सृष्टिको अवस्था अहिलेसम्म नसुध्रिएकोले अहिले केहि भन्न नसकिने बताएको छ।

चार हप्ता अघि उनलाई अस्पतालमा भर्ना गरेर राखिएको छ । आम्दानीको केहि स्रोत नभएको यो नवजोडीलाइ ठुलो आर्थिक सहयोगको खाँचो रहेको यतिकै पनि अनुमान लगाउन सकिन्छ ।

रातोपाटी बाट साभार

सम्बन्धित शिर्षकहरु