भदौ १८, काठमाडौँ- चेक बाउन्सलाइ आर्थिक फर्जी मान्ने हो भने हाम्रा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीले फर्जी गरेको घटना बाहिर आएको छ । खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिले को आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स भएको छ ।
पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई दिएको चेक बैंकमा रकम नभएर तीन पटकसम्म फिर्ता भएको हो । जडिबुटी प्रशोधन सम्बन्धी काम गर्ने हेटौडाको उक्त कम्पनीले पाँचथरका इधिन्गोलाई लौठसल्ला खरिद गरे बापत उक्त चेक प्रदान गरेको थियो ।
कम्पनीकी प्रवन्ध निर्देशक तथा खनाल पत्नी रविलक्ष्मी चित्रकारले दिएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक हेटौंडाको खाताबाट काटिएको ०६६००६१०१००००९८६८०००००१ नम्बरको चेक एसबीआई बैंक विर्तामोडबाट साट्न खोन्दा रकम नै नभएको पाईएको हो । कम्पनीका प्रतिनिधि इधिंगोले लौठसल्ला विक्रिवापत गत साउन ३ मा चेक लिनिभाएको थियो ।







