दाहाल-नेपाल समूहको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता

काठमाडौं । आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि फिर्ता हुने जनाएको छ ।

प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा नियुक्त गरिएको विरोधमा आज दाहाल नेपाल समूहले आम हड्ताल गरेको छ ।

दाहाल नेपाल समूहका नेता विष्णु रिजालले साँझ ५ बजेपछि आम हड्तालका सबै कार्यक्रम फिर्ता हुने जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु