भोकका कारण गरिन् सुत्केरीले आत्महत्या

भदौ १७, काठमाडौ- गरिबीका कारण आत्महत्या गरेको खबर नौलो होइन तर हाम्रो देशमा खान नपाएर ३५ दिनकी सुत्केरी आत्महत्या गर्न बाध्य भएकी छिन ।  रोल्पाकी  १९ वर्षीय सुत्केरी  सविना घर्तीमगरले खान नपाएर आत्म हत्या गरेको दर्दनाक समाचार बाहिर आएको छ । कोर्चाबाङ–३ उपल्लो घापाकि  ३५ दिनकी सुत्करी घर्तीले गरिबीका कारण खान नपाएर बिष सेबन गरि आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले  जनाएको छ।

सविनाको परिवार भाडामा बस्दै आएको र उनीहरुको घरमा खानको लागि केहिपनि नभएको प्रहरी नायव उपरिक्षक नविन राज राईले जानकारी दिनुभयो । गाउँका स्थानीय महिलासँग केही समय भलाकुसारी गरेकी उनले घर फर्किए पछि करिब ३ बजेतिर विष सेवन गरि आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सबिनाको  विहे एकबर्ष अघि मात्र भएको थियो। मृतकको जिल्ला अस्पताल रेउघामा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित शिर्षकहरु