संबिधानमा चलचित्रलाई मौलिक हकमा राख्न चलचित्रकर्मिको माग

भदौ १६, काठमाडौँ- नेपालका चलचित्रकर्मीहरुले चलचित्रको बिषयलाई संविधानको मौलिक हकमै समेट्न माग गरेका छन । चलचित्र क्षेत्र देशमा ठुलो संख्यामा रोजगार रहेको, यसले हाम्रो कला र संस्कृतिलाइ बिश्वब्यापी गराउन सहयोग गर्ने र स्वदेशी जनसक्ति तथा कच्चा पदार्थमा निर्माण हुने हुदा यो क्षेत्रलाइ उद्योगको रुपमा बिकाश गर्दै राज्यका तर्फबाट बिशेष सम्रक्षण गर्न पनि चलचित्र कर्मीले आग्रह गरेका छन् ।

चलचित्रकर्मीहरुका तर्फबाट संबिधान सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई दिईएको मागपत्र
चलचित्रकर्मीहरुका तर्फबाट संबिधान सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई दिईएको मागपत्र

“देश अहिले संबिधान निर्माणको क्रममा छ । देशको मूल कानुनमा नै चलचित्रको पक्षमा केहि राम्रा व्यवस्था गराउन सके त्यसले यो क्षेत्रमा दुरगामी महत्व राख्छ” अखिल नेपाल चलचित्र कर्मी संघका अध्यक्ष के पी पाठकले असनेपाल न्युजसंग भन्नु भयो- “त्यसैले हामी संबिधान सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई हाम्रा मागहरुलाई संबिधानमा समेट्नका लागि आग्रह गर्दै माग पत्र हस्तान्तरण गरिरहेका छौ” ।

पाठकका अनुशार २ सुत्रीय मागमा राज्यको दाइत्व सम्बन्धि बुदामा चलचित्रलाई  राष्ट्रिय महत्वको संस्कृतिक उत्पादनका रुपमा राख्ने र अभिव्यक्तिको सशक्त माध्यमको रुपमा चलचित्रलाई परिभाषित गर्दै राज्यको मौलिक हकमा समाबेश गर्नुपर्ने रहेका छन् ।

 

सम्बन्धित शिर्षकहरु