भदौ १४, काठमाडौँ- गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको पहल र बिराटनगर उपमहानगरपालिकाको सहकार्यमा ५ करोडको लागतमा बिराटनगरमा निर्माण हुन लागेको पाथिभरा जेष्ठ नागरिक श्रद्दाश्रमको सिलान्यास गरिएको छ । बन तथा भू सम्रक्षण मन्त्रि महेश आचार्यले यहि साउन २७ गते उक्त श्रद्दाश्रमको सिलान्यास गर्नुभयो ।

बिराटनगर ११ स्थित भालुवाहीमा निर्माण हुने श्रद्दाश्रम डेढ बिगाहा जग्गामा निर्माण हुने छ । भवन दुइ तल्ले हुनेको साथै २४ कोठा रहने छन । शिल्यान्यास कार्यक्रममा मन्त्रि आचार्यका साथसाथै एन आर एनका उपाध्यक्ष टिवी कार्की, राजनीतिक दलका प्रतिनिधि, बिराटनगर उपमहानगर पालिकाका अधिकृत लगाएतले मन्तब्य व्यक्त गर्दै जेष्ठ नागरिकलाई सकभर ब्रिद्दाश्रमसम्म आउनै नपर्ने बातावरण सिर्जना गर्न सबैलाई आग्रह गरेका थिए ।
श्रद्दश्रमको निर्माण १ बर्षभित्र सक्ने योजना रहेको एनआरएन अस्ट्रेलियाका सदस्य कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो








