इराकी चरम्पन्थीद्वारा एक सर्वसाधारणको शीर छेदन

भदौ १३ ।बगदाद,इराक र सिरियामा संघर्षरत इस्लामिक स्टेट आईएसका चरम्पन्थीहरुले एक सर्व साधारणको शीर छेदन गरेका छन ।

चरमपन्थीहरुले आफुहरुले ती व्यक्त्तिको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको छ ।

आईसले इराकको कुर्द क्षेत्रका एक सर्वसाधारणको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गर्दै सरकारी सुरक्षा बललाई चेतावनी दिएको छ ।

रगतमा सन्देश नाममा भिडियो सार्वजनिक गर्दै चरमपन्थीहरुले केहि व्यक्तिहरुलाई यातना दिई नग्न अवस्थामा देखाएका छन् ।

अमेरिकी सेनासंग मिलेर इराकी सुरक्षाकर्मीले चरम्पन्थीविरुद्धको कार्वाहीलाई तिब्र बनाइरहेका बेला चरमपन्थी संगठनले यस्तो भिडियो सार्वजनिक गरेको अधिकारीहरुले जनाएका छन् ।

आईसले सरकारी सुरक्षा बलले आफ्नो कार्वाहीलाई नरोके आफ्नो बिरुद्धमा रहेका सबैको यसैगरी शीर छेदन गरी हत्या गर्ने चेतावनी दिएको छ ।
केहि दिनअघि चरम्पन्थीले सार्वजनिक गरेको भिडियोमा ठूलो संख्यामा सरकारी सुरक्षाकर्मीहरुको सामूहिक हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो ।

सम्बन्धित शिर्षकहरु