भदौ १२ ।पर्सा,पर्साको सेंढवा गाविस स्थित जिरा भवानी नदीमा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव आज बिहान फेला परेको छ ।
उक्त्त शव सेंढवा-२ निवासी अर्जुन खनालकी ४० वर्षीया श्रीमती आशा खनालको रहेको स्थानीयले जनाएका छन् ।
उनको टाउको काटिएको अवस्थामा नदीमा शव फेला परेको इलाका प्रहरी कार्यालय सेंढवाले जनाएको छ । छोरा वैदेशिक रोजगारीमा रहेको र श्रीमान् जितपुर गएकाले एक्लै घरमा रहेकी खनाललाई गएराति लुटपाट गर्न आएको समूहले हत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
इलाका प्रहरी कार्यालय सेंढवाबाट २०० मिटर दूरीमा रहेको उनको घरबाट एक किलो मिटर दूरीमा नदी पर्दछ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सेंढवाले जनाएको छ । को शव आज बिहान फेला परेको छ । उक्त्त शव सेंढवा–२ निवासी अर्जुन खनालकी ४० वर्षीया श्रीमती आशा खनालको रहेको स्थानीयले जनाएका छन् । उनको टाउको काटिएको अवस्थामा नदीमा शव फेला परेको इलाका प्रहरी कार्यालय सेंढवाले जनाएको छ ।
छोरा वैदेशिक रोजगारीमा रहेको र श्रीमान् जितपुर गएकाले एक्लै घरमा रहेकी खनाललाई गएराति लुटपाट गर्न आएको समूहले हत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का छ । इलाका प्रहरी कार्यालय सेंढवाबाट २०० मिटर दूरीमा रहेको उनको घरबाट एक किलो मिटर दूरीमा नदी पर्दछ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सेंढवाले जनाएको छ ।








