दलहरुको आज बस्ने भनिएको बैठक स्थगित

भदौ ११ ।काठमाडौ,नेकपा-माओवादीले अघि सार्दै आएको सर्वपक्षीय सम्मेलन,संविधानका अन्तरबस्तुमा नेकपा–माओवादीको धारणा लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको दलहरुको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले,एकीकृत माओवादीका शीर्ष नेताहरुले संविधानसभा बाहिर रहेको नेकपा–माओवादीले अघि सारेका मागका सन्दर्भमा छलफल गर्ने तयारी गरेका थिए ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसहित केही नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

संविधान निर्माणका लागि राजनीतिक सहमति बनाउने क्रममा नेकपा–माओवादीसँग वार्ता प्रारम्भ भएको थियो ।

त्यसमा नेकपा-माओवादीले सर्वपक्षीय भेलाको प्रस्ताव गरेको थियो ।

यसैबीच सरकारमा रहेका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको आज बोलाइएको बैठक पनि स्थगित भएको छ ।

संविधानका अन्तरवस्तु, सरकार सञ्चालन, उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व लगायतका विषयमा छलफल गर्न दुई दलको बैठक बोलाइएको थियो ।

सम्बन्धित शिर्षकहरु