ज्ञानेन्द्रसँग वार्ता गर्न खोज्दा उनी उल्टो बाटो हिँडे

असार  ६ । काठमाडौं, तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा नेपालका शान्ति प्रक्रियामा विदेशीले भूमिका खेल्न पाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको जनयुद्धकालीन रिपोर्टिङका संस्मरणहरु समेटिएको पुस्तक ‘अंश’को मंगलबार काठमाडौंमा बिमोचन गर्दै प्रचण्डले भने, ‘ज्ञानेन्द्रले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा राजनीतिक दलसँग दिल्लीमा १२ बुँदे समझदारी गर्नुपर्‍यो ।’

मुलुकलाई युद्धको चपेटामा पर्न नदिन अाफुले धिरेन्द्रसँग वार्ता गरेको र वीरेन्द्रसँग वार्ता हुने बेला दरबार हत्याकाण्ड घटेको बताए । दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्रसँग वार्ता गर्न खोज्दा राजा उल्टो बाटो हिँडेको उहाँले बताउनुभयो ।
राजकुमार दिक्पालका कथामा सक्कली राजकुमार जोखिमपूर्ण बाटो हिड्न तर, नक्कली राजकुमार घुमाउरो बाटो हिड्न खोजेजस्तै वीरेन्द्र र ज्ञानेन्दमा पनि त्यहि फरक देखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, गुणराज लुइटेल, गोविन्द आचार्य, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, एमाले नेता सूर्य थापा लगायतले पुस्तकबारे टिप्पणी गर्नुभएको थियो । पुस्तकमा माओवादीको सशस्त्र जनयुद्धको बेला युद्धग्रस्त क्षेत्रमा स्थलगत रिपोर्टिङमा जाँदाको अनुभव, अविष्मरणीय घटना, पात्र र प्रवृति समावेश गरीएको छ ।

सम्बन्धित शिर्षकहरु