बाढी पहिरो पीडितका लागि प्राप्त सहयोगको दुरुपायोग हुँदैन : प्रधानमन्त्री

भाद्र ८ । काठमाण्डौं, प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितका लागि प्राप्त सहयोग रकमको कुनै दुरुपयोग नहुने प्रतिबद्दता जनाउनु भएको छ ।

आज बिहान प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहयोग गर्न आउनु भएका दाताहरु समक्ष प्रधानमन्त्री कोइरालाले यस्तो प्रतिबद्दता जनाउनु भएको हो ।
आइतबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित अलग अलग कार्यक्रममा गणेशमान सिंह फाउण्डेशन र मदन मेमोरियल कलेज,विनायकनगर ,नयाँ बानेश्वरका तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा राहत सहयता रकम प्रदान गरिएको थियो ।

गणेशमान सिंह फाउण्डेशनले राहत कोषमा ९ लाख रुपैया प्रदान गरेको छ भने मदन भण्डारी मेमोरियल कलेजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ ।
गणेशमान सिंह फाउण्डेशनका तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा सहयोग रकमको चेक फाउण्डेशनका अध्यक्ष, नेपाली कांग्रेसका उपसभापति र उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै मदन भण्डारी मेमोरियल कलेजका तर्फबाट मानार्थ क्याम्पस प्रमुख डा. ध्रुव कार्कीले सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई प्रदान गर्नुभएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले मुलकमा प्राकृतिक विपत्ति आइलागेर जनता पीडित भएको बेला सक्दो सहयोग गर्नु सबैको कर्तव्य हो भन्नुभयो । उहाँले बाढी र पहिरो पीडितलार्ई सघाउन योथ अफ काठमाण्डौंले “बाढी पीडितको निम्ति हाम्रो विन्ति”को नारा सहित सांगीतिक कार्यक्रम गरेर सहयोग रकम संकलन गरिएको बताउनु भएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष घनेन्द्रपुरुष ढकाल, महासचिव माथवर सिंह बस्नेत र योथ अफ काठमाण्र्डौका संयोजक प्रभासमान सिंह
सहित विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै मदन भण्डारी मेमोरियल कलेजका मानार्थ क्याम्पस प्रमुख डा. ध्रुव कार्कीले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परी पीडित भएका परिवारका बालबालिकाको शिक्षा र स्वास्थोपचारमा सघाउन क्याम्पसले सहयोग गरेको बताउनु भयो ।
प्रधानमन्त्री कोइरालाले पहिरो र बाढी पीडितलाई आएको राहत रकम र राहत सामग्री दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

 

 

सम्बन्धित शिर्षकहरु