किराँतहरुले भेषभुषामा सजिएर सिड्नीमा उधौंली पर्व मनाए

सिड्नी । विगतका बर्षहरुमा झै अष्ट्रेलिया स्थित सिड्नीका विभिन्न ठाउँमा रहेका किराँत समुदाय मिलेर उधौंली पर्व मनाएका छन् ।सिड्नीस्थित टेम्पो रिजर्भ पार्कमा आयोजित कार्यक्रममा उनिहरुले आ-आफ्नो संस्कृति झल्किने किसिमका भेषभुषामा सजिएर तथा एक आपसमा शुभकामना साटासाट गरी उधौंली पर्व मनाएका हुन् ।

किराँत समाज अष्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा सिड्नीका विभिन्न ठाउँमा रहेका किराँत समुदायका नेपालहरुको उपस्थिती रहेको थियो ।

मेलबर्नबाट निमन्त्रणा गरिएका किराँत समुदायका अतिथिहरुको उपस्थितीहरुको सो कार्यक्रममा अतिथिहरुलाई किराँती मौलिक परम्परा अनुसार नै स्वागत गरिएको थियो ।

पत्रकार, कलाकार, बुद्धिजीवी, विभिन्न संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा उनीहरुले नेपाली कला संस्कृतिलाई विभिन्न चाडपर्वको माध्यामबाट विदेशी भूमिमा रहेकाहरुले संरक्षण गर्दै आउने र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए ।

हरेक ६/६ महिनामा उधौंली र उभौंली पर्वको रुपमा सिड्नीमा मनाउने गर्दछन् । कार्यक्रममा उपस्थितहरुलाई किराँत समुदायको सगुनका रुपमा रहने मदीरापान गराइएको थियो ।

कार्यक्रममा नेपाली आदिवासी मञ्च अष्टेलियाका नव निर्वाचित अध्यक्ष चित्रबहादुर तुम्बाहाम्फेलाई बधाई समेत दिइएको थियो ।

सम्बन्धित शिर्षकहरु