के तपाईंले आफू र आफूभित्र भएका अमुल्य कुरालाई कहिल्यै वास्तविकतामा जांच्न सक्नु भएको छ ?

जितेका हुन्छ्न तर आफुले हारेको सम्झन्छ्न, धनी छन तर आफुलाई गरीब सम्झन्छन, अज्ञानी छन तर आफूलाई ज्ञानी सम्झन्छन । हो मित्रहरु,यसरी आज धेरै मानिसहरु आफैलाई चिन्न नसकेको कारण दु:खमा र अन्योलमा छन । शायद तपाईं पनि संसारका थुप्रै कुरामा विज्ञ हुनु होला तर आँफैलाई चाँही चिन्न नसक्नु भएको हुन सक्छ । सबभन्दा ठुलो कुरा तपाईंको सोचाई कस्तो छ ? मानिसलाई सफल र असफल बनाउने पनि आफ्नो सोचाइले हो । हो यसरी आफुलाई जाँच्न र उर्जाशील बनाउनका लागि तल दीइएका महान दार्शनीक प्लेटोका भनाईहरुलाई विश्लेशण गर्नुहोस जुन कुराहरु अझै पनि जीवनपयोगी छन ।

एथेन्सको नजिकै ईजिना नामक द्विपमा जन्मिएका प्लेटो एक सामन्त परिवारका सदस्य थिए । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४२८/४२७-३४७/३४८ मा जन्मिएका प्लेटोले ४०४ ईसाईपूर्वमा सुकरातबाट शिक्षा लिएका थिए ।

महान दार्शनीक प्लेटोका केहि जीवनपयोगी भनाईहरु

१. गरिबीको कारण सम्पत्तिको कमी होइन,चाहनाहरु धेरै भएर हो ।

२. हामी जे कुराको इच्छा राख्छौँ,कालान्तरमा हामी त्यहि बन्छौँ ।
३. वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो,यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।

४. ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।

५. सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँच्नु हो ।

६. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउँनु हो ।

७. कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।

८. जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।

९. जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।

१०. आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।

११. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

सम्बन्धित शिर्षकहरु