चरीको आज दाहसंस्कार गरिदै

भदौ ६ ।काठमाडौँ, प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका धादिङका दिनेश अधिकारी ‘चरी’को शव बुझ्न उनको परिवार सहमत भएकोले आज उनको शवको दाह संस्कार गरिने भएको छ ।

अधिकारीको मृत्यु रहस्यमय भएको भन्दै परिवारले जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता गर्न खोज्दा दर्ता नभएको र सर्वोच्च अदालतले बिहीबार दर्ता नलिनाको कारण देखाऊ आदेश जारी गरेपछि शव बुझ्न लागेको अधिकारीका दाजु ध्रुव अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी गत साउन २१ गते मारिएको भए पनि सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै परिवारले शव बुझेका थिएनन् ।

उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु