रोल्पाको स्कुललाई अष्ट्रेलियामा बस्ने नेपालीहरुको सहयोग

भदौ ७, काठमाडौँ- रोल्पाको जनता माध्यमिक विद्यालयलाई एनआरएनए अष्ट्रेलियाले ७० सेट डेक्सबेन्च, १० थान टेबुल, कार्पेट, कुसन, पुस्तकालयका लागि र्‍याकलगायत करिब ४ लाख बराबरको सहयोग गरेको छ। ‘एनआरएनए अष्टे्रलिया’को ‘मेरो स्कुल अभियान’अन्तर्गत यो अभियान सञ्चालन र सम्पन्न गर्न ‘एनआरएनए अष्टे्रलीया’का सचिन्द्र थापा, धुव्र सुवेदी र भुवनहरि पाण्डेको फोन नम्बरसहित सामाजिक सञ्जालमा समेत सहयोगको अपिल गरिएको छ।nrn_australia

जनता माध्यमिक विद्यालय गाम रोल्पाको दूर्दशापूर्ण समाचार हेरेपछि ‘एभरेष्ट ईन्सोरेन्स’मा कार्यरत साहित्यपे्रमी अनल गौतमको पहलमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई एक–एक जोर डे्रस, एक–एक वटा स्कुलब्याग, कापी, कलम, पेन्सिल, खेलौना, पानीबोतल लगायतका सामग्रीको जोहो गरिएको छ।

अहिले ठूलो मात्रामा सामग्री संकलन भइसकेको तर अत्याधिक वर्षातले ‘सुलिचौर–गाम’कोबाटो ठाउँ–ठाउँमा भत्किएपछि ढुवानीको समस्या भएको सेतोपाटी. कममा प्रकाशित समाचारमा बताइएको छ।

सम्बन्धित शिर्षकहरु